Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माघ २० पछि विद्यालय लगाउने तयारी

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
माघ २० पछि विद्यालय लगाउने तयारी

धरानः खोप लगाएका विद्यार्थीले अब विद्यालयमै पढ्ने गरीको तयारी थालिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोभिड–१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको जनाइएको छ ।
सरकारले कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने माघ २० गतेसम्म खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णयमा पुगेको थियो ।
यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको थियो ।
सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको बताएकी छिन् । उनका अनुसार विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा पढाउन दिनेबारे छलफल सिसिएमसीमा बताइन् । उनले यसबारेमा निर्णय नभएपनि माघ २० गतेसम्ममा यसबारे निर्णय हुने बताइन् ।

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend