Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुन बन्दै’

हाम्रो कोशी आवाज
माघ १५ २०७८, शनिबार
‘शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुन बन्दै’

धरानः प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताएका छन् ।
शनिबार काठमाण्डौको स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल मध्यामबाट सम्बोधन गर्दै उनले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुरयाउने काममा सरकार लागिपरेको बताए । उनका अनुसार संघीय कानुन बनिसकेपछि तीनवटा कानुन बन्छ, विद्यालय तह, टेक्निकल शिक्षा र उच्च शिक्षाको कानुन । उनले थपे, ‘त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ ।’ श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न निजी क्षेत्रका लगानीकर्ताहरूलाई आह्वान गरे ।

प्रकाशित मिति: माघ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend