Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि

हाम्रो कोशी आवाज
माघ १९ २०७८, बुधबार
सीटीईभीटीका स्थगित परीक्षा फागुन ६ गतेदेखि

धरानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएका परीक्षाहरू फागुन ६ देखि गर्ने भएकाे छ ।

परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरूका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरूको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएकाे हाे ।

त्यस्तै, डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरू प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरू फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स (डेन्टल हाइजिन), आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्सिभेसन, र फिजियोथेरापी, योगा एण्ड नेचुरोपेथी, फरेष्ट्री, डिप्लोमा इन फार्मेसी, कृषि (वाली विज्ञान), कृषि (पशु विज्ञान) कार्यक्रमहरmको प्रथम, दोस्रो र तेश्रो वर्षको नियमित÷आंशिक तथा डिप्लोमा इन इन्जिनियरिङ्गका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसीप डेभलपमेण्ट कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका नियमित–आंशिक परीक्षाफागुन ६ गते देखि सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीले डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, अटोमोवाइल, जियोमेटिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, होटल मेनेजमेन्ट, ईन्टरप्रेनरसीप डेभलपमेन्ट कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका कार्यक्रमहरुको नियमित/आंशिक परीक्षा तथा डिप्लोमा इन बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ्ग कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित–आंशिक परीक्षाफागुन ८ गतेदेखि सञ्चालन गर्ने भएको हो ।

परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने परिषद्ले जनाएकाे छ ।

प्रकाशित मिति: माघ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend