Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फागुन १ गतेबाट विद्यालय खोल्न सिफारिस गर्ने सीसीएमसीको निर्णय

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
फागुन १ गतेबाट विद्यालय खोल्न सिफारिस गर्ने सीसीएमसीको निर्णय

धरानः कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक रूपमा पठनपाठन गर्ने गराउने गरी विद्यालय खोल्न सिफारिस गर्ने निर्णय भएको हो ।
कोभिड-१९ को सङ्क्रमण कम भएकाले अब भौतिक रूपमा पठनपाठन गर्न सकिने निष्कर्ष निकालिएको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बताए ।
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि १ माघदेखि विद्यालय बन्द गरिएको थियो । अहिले कोरोना सङ्क्रमण कम हुँदै गएको सीसीएमसीको ठहर छ ।
सङ्क्रमण कम हुँदै गएपछि केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न शुरू गरेका छन् । शिक्षा क्षेत्रका सरोकारवालाले पनि विद्यालय खोल्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend