Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईई वैशाखमा गर्ने तयारी

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
एसईई वैशाखमा गर्ने तयारी

धरानः राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाको तयारी थालिएको जानकारी दिए ।
उनकाअनुसार आउँदो बैशाख २० गतेभित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गतेभित्रै परीक्षा सकाउनुपर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ ।
बुधबार वा बिहीबारसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको उनले जानकारी दिए ।
चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो । यस्तै, बोर्डले जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend