Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः यस वर्षको एसईई वैशाख ९ गतेदेखि हुने

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
अन्ततः यस वर्षको एसईई वैशाख ९ गतेदेखि हुने

धरानः राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी वैशाख ९ गतेबाट सञ्चालन गर्ने भएको छ । आगामी वैशाख ९ बाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारसार्वजनिक हुने जनाइएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष शर्माले बताए ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ । बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन् । कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव नभएपछि आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशित भएको थियो ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend