Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

हाम्रो कोशी आवाज
माघ २७ २०७८, बिहिबार
एसईईको तालिका सार्वजनिक (तालिकासहित)

धरानः आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका बिहीबार सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य–अङ्ग्रेजी, अनिवार्य–संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा हेर्न सकिन्छ ।
सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

 

प्रकाशित मिति: माघ २७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend