Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशले लिने गरी कानुन ल्याउने तयारी

हाम्रो कोशी आवाज
माघ २७ २०७८, बिहिबार
एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशले लिने गरी कानुन ल्याउने तयारी

धरानः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण गरिरहेको बताएका छन् ।
बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । ऐनमा व्यवस्था नभई सबै कुराहरू प्रदेश सरकारलाई दिन कानुनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेश सरकारले नै एसइईको परीक्षा लिने उनको भनाइ छ । अध्यक्ष शर्माले प्रदेश सरकारले सो अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने पनि बताए ।
उनले अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको बताए । उनले प्रस्ताव मन्त्रिपरिषद्मा पुरयाइएको छ । ‘परीक्षा खारेज गर्नु हुँदैन’ उनले भने, ‘परीक्षाको सबै अधिकार प्रदेशस्तरलाई दिइनेछ । पहिले देशभरिको नतिजा एकैपटक सार्वजनिक हुन्थ्यो । तर अब प्रस्ताव स्वीकृत भएपछि जुन प्रदेशले छिटो उत्तरपुस्तिका परीक्षणको काम सक्छ उसले पहिले नतिजा सार्वजनिक गर्न सक्नेछ । प्रदेशले आआफ्नै अनुकूलअनुसार नतिजा सार्वजनिक गर्नसक्नेछन् ।’
उनका अनुसार प्रदेशले नतिजा सार्वजनिक गरेपछि त्यसलाई बोर्डमा पठाउनुपर्ने हुन्छ र बोर्डले नतिजालाई प्रमाणीकरण गर्नेछ ।

प्रकाशित मिति: माघ २७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend