धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनाबाट शुरू गर्ने तयारी गरेकाे छ ।
वैशाखदेखि शुरू भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएकाे भएपनि नयाँ शैक्षिक सत्र भने वैशादेखि नै शुरू हुने भएकाे हाे ।
२०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र शुरू हुने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् ।