Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ शैक्षिक सत्र २०७९ वैशाखबाटै, पठनपाठन भने जेठ १ गतेदेखि

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
नयाँ शैक्षिक सत्र २०७९ वैशाखबाटै, पठनपाठन भने जेठ १ गतेदेखि

धरानः नयाँ शैक्षिक सत्र आगामी वर्षको वैशाखदेखि नै सुरु हुने भएपनि सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन भने जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको मन्त्रालयको निष्कर्ष छ । यसर्थ, वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहरले करिब कदुई महिना बन्द भएका रहेका शैक्षिक संस्था फागुन १ गतेदेखि भौतिक रूपमै पठनपाठन सुरु भएको छ ।

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend