Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसपटक नयाँ कक्षामा पुग्नुअगावै विद्यार्थीको हात हातमा पुस्तक

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७८, शनिबार
यसपटक नयाँ कक्षामा पुग्नुअगावै  विद्यार्थीको हात हातमा पुस्तक

धरानः सरकारले आगामी जेठदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । वैशाखको सुरुमा सबै कक्षाको परीक्षा सञ्चालन गरेर वैशाख अन्तिममा भर्ना अभियान सञ्चालन गर्ने र जेठमा नयाँ कक्षामा पठनपाठन गर्नेगरी निर्देशन जारी गरिसकेको छ । विद्यार्थी नयाँ कक्षामा टेक्नु अघि नै हातमा पाठ्यपुस्तक पुर्‍याउने निर्णय गरेको छ ।
कक्षा १–३ सम्मको किताब छाप्ने अधिकार सरकारले निजी प्रकाशन गृहलाई दिने भएको छ । भने सो भन्दा माथिल्ला कक्षाका सबै पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छाप्ने जिम्मा दिने निर्णय गरिसकेको छ ।
पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशन गृहलाई पाठ्यपुस्तक छपाइका लागि तीन पटक सूचना जारी गर्दा मात्र छपाइका लागि इच्छुक प्रकाशन गृहले प्रस्ताव पेस गरेको हुनाले अहिलेसम्म केन्द्रले प्रकाशन गृहलाई सूचीकरण गर्न सकेको छैन । पहिलो र दोस्रो सूचना गर्दा आवश्यक प्रकाशन गृहले प्रस्ताव पेश नगरेको हुनाले तेस्रो पटक सम्म सूचना प्रकाशन गर्नु परेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए । ‘तीन पटक सम्म प्रस्ताव पेश गर्नका लागि सूचना आव्हान गर्‍यौ आवश्यक प्रस्ताव आएन ।’ उनले भने, ‘अब सूचीकरणको अन्तिम चरणमा पुगेको छ , आउँदो हप्ता सूचीकरण गरेर प्रकाशनको जिम्मा प्रकाशन गृहलाई दिन्छौं ।’
निजी प्रकाशन गहृलाई कक्षा तीन सम्मका पाठ्यपुस्तक छपाइ गर्न एक महिना र ढुवानीका लागि जम्मा १५ दिन लाग्ने हुँदा नयाँ कक्षामा पुग्नु अगावै सबै विद्यार्थी नयाँ कक्षामा प्रवेश गर्नु अघि नै नयाँ पाठ्यपुस्क हातमा पाउने निर्देशक भट्टराईले बताए । ‘निजी प्रकाशन गृहले छाप्ने पाठ्यपुस्तक भनेको कक्षा १–३ सम्मका मात्र हो ।’ उनले भने, ‘निजी प्रकाशनलाई छपाइका लागि एक महिना र ढुवानीका लागि १५ दिन पर्याप्त हुन्छ, अन्य कक्षाका पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षाको हो, जनक शिक्षाले आफ्नो काम गरिरहेको छ त्यसैले सरकारले निर्देशन दिएकै समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्छन् ।’
१९ निजी मुद्रण तथा वितरण संस्थाहरु सूचीकृतको लागि आवेदन दिएको केन्द्रले जानकारी दियो । आगामी शैक्षिक वर्ष २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम कार्यान्वयन हुँदैछ । नयाँ पाठ्यपुस्तक छाप्न जनक शिक्षाले निर्धारित समयमा नै छाप्ने भट्टराईले विश्वास व्यक्त गर्दै भने, ‘नयाँ बाहेकका अन्य कक्षाका परिवर्तन भएका पाठ्यपुस्तकको पेज मात्र छाप्ने हो नयाँ तीनओटा कक्षाका मात्र पिआरसी आवश्यक पर्ने हो त्यसैले हामी समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सक्छौं ।’

प्रकाशित मिति: फाल्गुन ७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend