Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब राहत कोटाका शिक्षक स्थायी हुने

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
अब राहत कोटाका शिक्षक स्थायी हुने

धरानः शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार अब राहत र बाल कोटाका शिक्षक स्थायी हुने भएका छन् ।
शिक्षा मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमतिमा राहत, साविक उमावि र बाल कोटाका शिक्षकलाई स्वीकृत दरबन्दीमा परिणत गरी सम्झौता बमोजिम शिक्षक सेवा आयोगबाट उमेरको हद नलाग्ने गरी आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमति भएको हो । हालै भएको सहमति अनुसार यस्ता कोटाका शिक्षकलाई दरबन्दीमा परिणत गर्ने पहल भइरहेको पनि सम्झौतमा उल्लेख छ ।
सम्झौता अनुसार अब यस अघि स्थानीय तहको मात्रै अधिकारमा रहेको आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकारी प्रदेश र संघको साझा सूचीमा राख्ने समझदारी पनि भएको छ । स्थानीय तहले आफूखुशी गरेका दरबन्दी मिलान र शिक्षक सरुवा रोक्ने पनि समझदारी भएको छ । साथै, शिक्षकलाई निजामती कर्मचारीको सरह सुविधा दिनेमा पनि मन्त्रालय र महासंघबीच समझदारी भएको छ ।
यो ५१ बुँद प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा तयार भएको हो । जसमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहितको कार्यदल थियो । यसै कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका थिए । सम्झौता अनुसार अब जिल्ला शिक्षा कार्यालय पनि स्थापना हुने भएको छ ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend