Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बालिका स्कुलका ७४ जना बालिकाको विदाइ

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
धरानको बालिका स्कुलका ७४ जना बालिकाको विदाइ

धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा कक्षा–१० को अध्ययन पूरा गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ ।
कक्षा-९ मा अध्ययनरत् विद्यार्थीहरुले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी शिक्षक अभिभावक सङ्घका अध्यक्ष कुमार बाजे आङबुहाङ, विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राई लगायतले विद्यार्थीहरुलाई खदा र अविर लगाएर बिदाइ गरे ।
त्यस्तै, २०७८ सालभरी विद्यालय क्याप्टेन रही अनुशासित भएर सिर्जनसील भूमिका निर्वाह गरेको भन्दै कक्षा–१० को अध्ययन पूरा गरेकी छात्रा समीक्षा तामाङलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी आङ्बुहाङले खदा लगाई सम्मानपत्रले तामाङलाई सम्मान गरे ।
कार्यक्रमकै अवसरमा महेन्द्र बहुमुखी क्याम्पसबाट बि.एड.चौथो वर्षको अध्ययन पूरा गरी शारदा बालिकामा एक महिना शिक्षण अभ्यास सम्पन्न गरेका विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको छ । शिक्षण अभ्यास गर्ने विद्यार्थीहरुमा मनिषा न्यौपाने, शान्ति राई, रेनुका खड्का, मीना मगर र दीपा भुजेल रहेका छन् ।
कार्यक्रममा प्रधानाध्यापक राईले एसइई दिने विद्यार्थीहरुलाई परीक्षा लेख्दा ध्यान दिनुपर्ने कुराहरको बारेमा जानकारी दिए । पैसाको अभावमा बिवार्थीहरुले पढ्ने अवसरबाट बन्चित हुने अवस्था आउन नदिन आफू प्रतिबद्ध रहेको प्रअ राईले बताए ।
आगामी २०७९ साल बैशाख–९ गतेबाट शुरु हुने एसइईमा शारदा बालिकाबाट ७४ जना विद्यार्थीहरुको सहभागिता रहने प्रअ राईले जानकारी दिए । विद्यालयमा रहेको ज्योतिपुन्ज बाल क्लबका संरक्षक एवम् शिक्षक पदम लुइँटेलले विद्यार्थीहरुलाई एसइई उत्कृष्ट श्रेणीमा उत्तीर्ण हुन शुभकामना दिए ।
गुणस्तरिय शिक्षाको साथै विद्यार्थीको रुचिअनुसारको नृत्य, गायन, बक्तृत्वकला, नाटक, कविता लगायत अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन विद्यालय सधै तल्लिन रहेको बताउँदै शिक्षक लुइँटेलले एसइई उत्तीर्ण गरेपछि कक्षा–११ मा अध्ययन गर्न आफ्नै विद्यालयमा आउन विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा पूर्वान्चल बागिना कला केन्द्र धरानका अध्यक्ष, पूर्वान्चल सिङ्गिङ स्टार र मिस स्टेट–१ का आयोजक एवम् युवा गायक भक्तिराज राई, गायक भीषण अधिकारी, सहायक प्रअ धर्मनारायण सिंह, शिक्षकहरु गुरु दाहाल, विष्णु गुरागाई, अर्चना ढकाल, गङ्गा वनलगायतको उपस्थिति थियो । कक्षा–९ कि छात्रा एरिका रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कक्षा–९ कै छात्राद्वय शिक्षा घिमिरे र अनुस्का राईले गरे ।

 

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend