Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल

धरान: सरकारले मुख्य सचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । मुख्य सचिवमा बढुवा नभएका भए अर्यालले आउँदो असार ३ गते अनिवार्य अवकाश पाउने थिए ।
अर्याललाई प्रशासनवृत्तमा सक्षम प्रशासकका रूपमा चिनिन्छ । उनी अर्थ मामिलाका जानकार व्यक्ति हुन् ।शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । बैरागीलाई भने पदबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाउने निर्णय गरिएको मन्त्री साउदले बताए ।

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend