Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमाथि प्रचण्डले लगाएको प्रतिबन्ध ओलीले हटाए, खुल्न भने केही समय लाग्ने, अब उप्रान्त यस्तो गर्न नपाइने

हाम्रो कोशी आवाज
भाद्र ६ २०८१, बिहिबार
टिकटकमाथि प्रचण्डले लगाएको प्रतिबन्ध ओलीले हटाए, खुल्न भने केही समय लाग्ने, अब उप्रान्त यस्तो गर्न नपाइने

धरानः सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
२०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको समेत समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाएका हुन्।
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका । उनका अनुसार टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको छ । यस्तै सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको उनले बताए ।
सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । सञ्चार मन्त्रालयका कर्मचारीका अनुसार सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुने भएको छ । उनले सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने बताए । सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताएका छन्।
‘यो सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने,’ गुरुङले भने, ‘त्यो सूचीकरण गर्दा सूचीकृत भएको सामाजिक सञ्जालको पोइन्ट अफ कन्ट्र्याक्ट पनि तोक्नुपर्ने। टिकटकको सन्दर्भमा सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका–२०८० को दफा–३ अनुसार सूचीकरण गर्ने र कम्पनीसँग यसबारेमा सहमति हुने उनले बताएका छन्। सूचीकरण भइसकेपछि उपदफा ६ अनुसार पोइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्ने प्राबधान रहेको उनले बताए। रकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने शर्त राखेको छ।
मन्त्री गुरुङले टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने बताए ।

प्रकाशित मिति: भाद्र ६ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend