Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैंको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

हाम्रो कोशी आवाज
असोज ४ २०८१, शुक्रबार
दशैंको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

धरानः यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।
यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत छ ।

प्रकाशित मिति: असोज ४ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend