Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सहकारीले पैसा नदिँदा यसपालिको दशैं खल्लो हुने निश्चित

हाम्रो कोशी आवाज
असोज २ २०८२, बिहिबार
सहकारीले पैसा नदिँदा यसपालिको दशैं खल्लो हुने निश्चित

नेपालीको महान् चडा बडा दशैं ढोकामै आइसकेको छ । दशैंमा मीठा खानेकुरा (माछामासु, दहीदूध, पनिर) खाइन्छ र नयाँ कपडा लगाइन्छ । त्यसका लागि पैसाको आवश्यकता पर्दछ । दशैंमा उनीहरु आफ्नो थातथलो फर्किने गर्छन् । यसका लागि पनि पैसा नै चाहिन्छ ।
उपत्यकाभित्र बसोबास गर्ने सर्वसाधारणलाई पनि दशैंमा पैसा चाहिन्छ नै । मानिसहरुले दुःख, सुखमा काम लाग्छ, चाडबाड आउँदा राम्ररी मनाउनुपर्छ भनेर खाइनखाई सहकारीमा बचत गरे । दुर्भाग्य, सहकारी सञ्चालक, अध्यक्ष भाग्दा बचतकर्ताहरुको बिजोग भएको छ । दशैं, मुखमै आइसक्यो तर सहकारी पैसा दिँदैन ।
दिनहुँ धाउँदाधाउँदै बचतकर्ताहरु वाक्कदिक्क भइसकेका छन् । हिजो हाँसीहाँसी पैसा लिएका सहकारी, फाइनान्स, लघुवित्तका अध्यक्ष, सञ्चालकहरु अहिले बचतकर्तालाई भन्छन्, ‘हामीसँग पैसा छैन । उपत्यकाबाहिर जग्गा छ, त्यही लिनुस् ।’ जग्गाको मूल्य सुन्दा त बचतकर्ता आश्चर्यचकित नै पर्ने गरेका छन् ।
दुर्गम जिल्लाको जग्गा त्यो पनि भीर पाखा रोपनीको एक लाख नपर्ने जग्गा उनीहरु आनाकै २५ लाखदेखि ५० लाख भन्दछन् । अनि त्यो जग्गा नलिए बचत फिर्ता गर्न नसक्ने भनेर ठाडै बताउँछन् । पछिल्लो समय उपत्यकाभित्र होस् या बाहिर घरजग्गा बेच्न खोज्नेहरु यत्तिकै भेटिन्छन् । जोकोही घरजग्गा बेच्न चाहन्छन् । तर, किन्ने चाँहि कोही छैन ।
जग्गाको मूल्य दलाली, भूमाफियाहरुले बढाएका छन् । पाँच दशकअघि उपत्यकामै पाँचदेखि दश हजार आनामा जग्गा पाइन्थ्यो । ०४६ सालसम्म उपत्यकामा खेतबारी मात्र थियो । सरकारले ०३९ सालसम्म अन्य देशलाई खाद्यान्न अनुदानमा दिन्थ्यो वा बेच्थ्यो । त्यतिबेला नेपाल खाद्यान्नमा पूर्ण रुपमा आत्मनिर्भर थियो ।
पछि दलाल, भूमाफियाहरुले सस्तो मूल्यमा किसानसँग जग्गा किनेर टुक्राटुक्रा बनाए । एक रोपनी जग्गालाई पाँच भाग बनाए । र, एक्कासी मूल्य बढाएर बेचे । पाँच वर्षअघि उपत्यकामा आनाकै ६० लाखदेखि करोडौंमा जग्गा किनबेच भयो । तर, अहिले त्यति महँगोमा जग्गा किनेकाहरु पछुताएका छन् ।
किनकि जग्गाको मूल्य लगातार घटिरहेको छ । तैपनि किन्ने मान्छे छैनन् । घरजग्गाको मूल्य बढिरहँदा बैंक वित्तिय संस्था होस् या व्यक्ति सबैले यही लगानी गरे । आफूसँग भएको सम्पूर्ण पूँजी यही क्षेत्रमा लगानी गरे । अहिले सबै पैसा फ्रिज भएको छ । घरजग्गाले गर्दा व्यक्ति मात्र होइन, बैंक, वित्तिय संस्था नै टाट पल्टिने अवस्थामा पुगेका छन् । यसको ज्वलन्त उदाहरण त सहकारी नै हो । ३५ हजार २३९ सहकारीमा करोडौं बचतकर्ताको खर्बौ रकम फसेको छ । लघुवित्त, फाइनान्समा पनि उत्तिकै सर्वसाधारणको निक्षेप फसेको छ ।
सहकारी, लघुवित्त, फाइनान्स त डुबिसक्यो, अहिले बैंक डुब्दैछ । किनकि ऋणी कर्जा तिर्दैनन्, अनि बैंकले लिलाम गरेको धितो किन्ने कोही छैन । ‘हाम्री आमा साह्रै बाठी, चामलसँग पिठो साटिन्’ भन्ने एउटा गीत छ । यो गीत सर्वसाधारण, बैंक, वित्तिय संस्थासँग मेल खान्छ । सेयर प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन भएको हो ।
बैंकसहित जलविद्युत कम्पनीहरुले सेयर निकाशन गर्दै आएका छन् । अनि आफैंले एक सय कित्तामा निकालेको शेयरमा बैंक आफैंले २६ सयसम्म कर्जा लगानी गरेको पाइन्छ । सहकारी, लघुवित्त, फाइनान्सहरुले पनि यसरी नै शेयरमा लगानी गरेका थिए । उता, भारत र चीनले एक लाखमा बनाएको गाडी यहाँ अटो शोरुमहरुले जनतालाई उल्लु बनाएर पाँच लाखदेखि करोडौंमा बेचेका छन् ।
त्यही गाडीमा बैंक, वित्तिय संस्थाले पनि आँखा चिम्लेर लगानी गरे । गाडी फलाम, प्लास्टिक, सिसा, रबर, फमलगायतबाट बनेको हुन्छ । यी वस्तु दुई रुपैयाँ किलोमा समेत बिक्दैन । आगो लाग्नासाथ गाडीको के हालत हुन्छ ? पछिल्ला घटनाले देखाइसक्यो । गाडी जतिसुकै महँगो भएपनि आगो लागेपछि खरानी नै बन्छ ।
तर, सर्वसाधारण र बैंक, वित्तिय संस्थाले यसैमा लाखौंदेखि करोडौं लगानी गरे । त्यसको प्रतिफल अहिले भोग्नुपरेको हो । बैंकको कित्ता बढिरहेको छ । मानिससँग पैसा छैन । गाडी बेच्न खोज्दा जतिसुकै सस्तोमा दिएपनि बिक्री हुँदैन । सुन २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ थियो । अहिले त्यही सुन मानिसहरु दुई लाख २० हजार हालेर किनिरहेका छन् ।
मानिसहरुले भविष्यबारे सोच्दैनसोची आँखा चिम्लेर लगानी गरेका छन् । जसका कारण उनीहरु नराम्ररी डुबिरहेका छन् । यता, उपत्यकासहित शहरी इलाकाका घरधनीहरु एउटा कोठाकै ठाउँअनुसार पाँच हजारदेखि २५ हजारसम्म असुल्छन् । एउटा सटरको ३० हजारदेखि २० लाख र एक फ्ल्याटको ३० हजारदेखि तीन लाखसम्म मासिक भाडा लिन्छन् ।
खाली सटर त २० लाखदेखि ६० लाखसम्ममा किनबेच हुने गरेको छ । बत्ती, पानी, फोहोर, इन्टरनेट, सवारी साधन पार्किङको मनलाग्दी पैसा असुल्छन् । भाडामा बस्नेसँग यत्रो पैसा असुल्छन् तर राज्यलाई चाँहि जम्मा दश प्रतिशत घरबहाल करसमेत तिर्दैनन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकलाई ठूलो क्षति पुगेको छ । खर्बौका सरकारी तथा निजी सम्पत्तिे जलेर खरानी भएको छ । योसँगै हजारौं मानिसहरु बेरोजगारी भएका छन् । किनकि काम गर्ने ठाउँ त खरानी भइसकेको छ ।
त्यसैले, दशैंपछि उपत्यका रित्तिने धेरैको बुझाई छ । यहाँ कोठा भाडा निकै महँगो छ । अनि रोजगारी गुमेपछि कसरी भाडा तिर्ने ? अब विदेश जानेको समेत संख्या बढ्ने छ । उमेर भएका विदेश र उमेर कटेका गाउँ फर्किन्छन् । यता, व्यवसायीहरु पनि दशैंसम्म मात्र पर्खिने देखिन्छ । दशैंमा पनि व्यापार नभए उनीहरु पनि व्यापार व्यवसाय छोडेर विदेश जाने निचोडमा पुगिसकेका छन् ।
अहिलेको प्रमुख आवश्यकता भनेको रोजगारी हो । मानिससँग पैसा छैन । अनि कसले घरजग्गा, गाडी, सेयर र सुन किन्ने ? मानिसलाई बाँच्न अन्न चाहिन्छ । त्यसका लागि पैसा चाहियो । नकमाई पैसा आउँदैन । फेरि रोजगारी छैन । अनि मानिसको अन्तिम विकल्प भनेकै कि चर्को ब्याजमा ऋण लिएर विदेश जाने नभए गाउँ फर्केर खेतीपाती गर्ने ।
सहकारी, लघुवित्त, फाइनान्सहरुले १४ देखि २२ प्रतिशतसम्म ब्याजको लोभ देखाएर बचतकर्तासँग लाखदेखि करोडौं निक्षेप उठाए । बैंकहरुले पनि पाँच वर्षअधि डिपोजिटको ११ देखि १६ प्रतिशतसम्म ब्याज दिन्थे । अहिले घटाएर दुई प्रतिशतमा झारिएको छ । त्यो पनि दिन नसक्ने अवस्थामा बैंक पुगेको छ । सहकारी त बचतकर्ताको निक्षेप नै पचाइसकेको छ ।
धेरै सहकारी अध्यक्ष, सञ्चालकहरु भागिसकेका छन् भने सञ्चालनमा भएकाले समेत बचतकर्ताको निक्षेप फिर्ता गरेका छैनन् । ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी’ भनेझैं सहकारी, बैंकको बढी ब्याजको प्रलोभनमा फस्दा मानिसहरुले आफ्नो साँवा नै गुमाएका छन् । यता, बैंकका कर्मचारीले बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिई मीटरब्याजमा रकम लगानी गरेको पनि पाइन्छ ।
बैंक र सहकारीले धेरैको उठीबास बनाएको छ । उनीहरुलाई घर न घाटको अवस्थामा पुर्याएको छ । बैंक, सहकारीका अध्यक्ष, सञ्चालकहरुलाई ऋण नभई नहुने । दुई करोडको धितो राखेर एक करोड ऋण दिने, त्यसमा दश लाख त घुस त खाने, एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत लिने, ब्याज १३ देखि १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने ।
अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै ९० लाखमा दुई करोडको धितो पचाइदिने । जसका कारण धेरै ऋणीले आत्महत्या गर्नुपर्यो । तर, बैंक, सहकारीको यस्ता धन्दा थाहा पाएपछि मानिसहरुले न ऋण तिरे न ऋण लिए । फेरि त्यसको परिमाण चाँहि बचतकर्ताले भोग्नुपरेको छ । उनीहरुको यसपालिको दशैं पनि खल्लो हुने निश्चित नै छ ।

प्रकाशित मिति: असोज २ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend