Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब धरानको बीपी प्रतिष्ठानमा बीमाको टिकट ७ दिनसम्म मान्य हुने

हाम्रो कोशी आवाज
साउन २५ २०८३, सोमबार
अब धरानको बीपी प्रतिष्ठानमा बीमाको टिकट ७ दिनसम्म मान्य हुने

धरानः धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाका बिरामीले दर्ता गर्ने ओपिडी टिकट ७ दिनसम्म मान्य हुने भएको छ ।
सात दिनभित्रमा डाक्टरले रेफर गरे अर्को विभागमा पनि ओपिडी दर्ता गर्नु नपर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने बहिरङ सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको हो ।
सूचना जारी गर्दै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले स्वास्थ्य बीमाअन्तर्गत ओपीडी टिकटको दर्ता तथा पुनःदर्ता तोकिएको कार्यालय समयभित्र मात्र गर्न सकिनेछ । यसरी दर्ता गरिएको ओपीडी टिकट ७ दिनसम्म मात्र मान्य हुनेछ । सो अवधिभित्र सोही विभागमा फलोअप सेवा लिन पुनः ओपीडी दर्ता गर्नुपर्ने छैन । ७ दिनको मान्य अवधि समाप्त भएपछि थप सेवा लिन भने पुनः ओपीडी दर्ता गर्नुपर्नेछ ।

प्रकाशित मिति: साउन २५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend