धरानः धरानको भोटेपुलमा हिँडिरहेका एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले धरान–८ भोटेपुलमा हिँडिहरेका २८ वर्षीय वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरेको हो ।
शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ट्रोमोल १७० क्याप्सुल, स्पासपेन १७० टयाब्लेट र कोलिवन ५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध क्याप्सुल र ट्याब्लेट सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
यसैबीच सुनसरीमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत बिहार राज्य अररिया जिल्ला पतरा पञ्चायत वडा नं. ६ बस्ने वर्ष १९ को इस्मत उल्हालाई शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर ३०४.११ ग्राम फेला परेको हुँदा उनलाई पक्राउ गरिएको हो ।
सुनसरी भोक्रहा नरसिंह गाँउपालिका वडा नं. ६ उल्टीमोडमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
