धरानः सुनसरीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपाँलिका १२ संविधान चोकस्थित कोशी लोकमार्गमा प्र.१–०२–०४७ प २९ नम्बरको मोटरसाइकलले बाटो क्रंस गर्दै गरेको साइकलयात्री इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ५६ वर्षीय जीवन दर्जीलाई ठक्कर दिएको थियो । शुक्रबार करिब साढे ७ बजे सो दुर्घटना भएको हो ।
टाउकोमा चोट, बोल्न नसक्ने गम्भीर अवस्थामा उनलाई तत्कालै बेदान्त अस्पताल इटहरीमा ल्याएर सामान्य उपचारपश्चात् थप उपचारको लागि विराट टिचिङ अस्पताल पुरयाइएको थियो । उपचारका क्रममा उनको राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक कोशी गाउपाँलिका वडा नं. ४ बस्ने ३७ वर्षीय ममताज मियाँ अनुहार, खुट्टामा चोट, बोल्न नसक्ने गम्भीर अवस्थामा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ३६ वर्षीय रविना खातुनको टाउको, हातमा चोट लागेको छ भने बोल्न सक्ने अवस्थामा छिन् ।