Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२०८४ को स्थानीय तहको निर्वाचन फागुनको अन्तिम साता !

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
२०८४ को स्थानीय तहको निर्वाचन फागुनको अन्तिम साता !

धरानः निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेकाे छ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी भइरहेको आयोगका आयुक्त राजीव सुब्बाले बताए । सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ । आयोगले आफ्नोतर्फबाट आवश्यक तयारी अघि बढाइसकेको र अब सरकारसँग निर्वाचनसम्बन्धी आवश्यक समन्वय गर्न बाँकी रहेको उनको भनाइ छ।
उनका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ अन्तर्गतको व्यवस्थाअनुसार गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने हुन्छ।
वैशाख २०७९ मा भएको स्थानीय तहको कार्यकाल सकिन २ महिनाअघि नै चुनाव गर्ने तयारीमा आयोग जुटेको हो ।
निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अन्तर- जिल्ला मतदानको व्यवस्था गर्ने पनि तयारी गरेको छ । आयुक्त सुब्बाले अन्तर जिल्ला मतदानका लागि अध्ययन भइरहेको भन्दै यसपटकका स्थानीय र प्रदेश निर्वाचनमा केही जिल्ला र प्रदेश सभाका निर्वाचन क्षेत्रबाट सुरु गर्ने बताए ।
अन्तर जिल्ला मतदानका लागि प्रविधि र बजेट खर्चिलो भए पनि आयोग डिजिट-लाइज निर्वाचनको पक्षमा रहेकाले अबका निर्वाचनहरू ई-भोटिङ प्रणालीबाट अघि बढ्ने तयारीमा आयोग रहेको बताए ।
संविधानको धारा २२५ मा भने स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend