Hamro Koshi Aawaj

बुधबार, कार्तिक २५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनमै पनि लागूऔषधको कारोबार

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७७, आइतबार
धरानमा लकडाउनमै पनि लागूऔषधको कारोबार

धरानः धरानमा लकडाउनमै पनि लागूऔषधको कारोबार हुने गरेको खुलेको छ ।
प्रहरीले धरान–१३ बाट युवतीसहित दुईजना समातिएपछि यो रहस्य खुलेको हो । धरान–१३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र लागूऔषध ट्याब्लेट सहित ३ जना परेका छन् । धरान–१३ को एक घरबाट लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
धरान–१३ की २६ वर्षीया युवती समिया लिम्बू, धरान–१३ कै २९ वर्षीय मन्दिप मगर र धरान–१५ का ४३ वर्षीय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाइट्रोजन तथा ८३ हजार नगदसहित पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका तिनैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उता जंगली च्याउ खाएर बिरामी
संखुवासभाको खाँदवारी नगरपालिका–२ खोरियाटोल बस्ने ७२ वर्षीया बृद्धा जंगली च्याउ खाएर बिरामी भएकी छन् । शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा ७२ वर्षीया निर माया विक बिरामी भएकी हुन् । बिरामी भएकी विकको जिल्ला अस्पताल खाँदवारीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend