Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गरिबीको पराकाष्ठा

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
गरिबीको पराकाष्ठा

धरानः संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ४ होक्सेमा एउटा झुरूम्म परेको वस्ती छ । त्यो वस्तीमा बसोबास छ– राज्यले समेत अल्पसंख्यक, सीमान्तकृत नभनेको, नठानेको जोगी समुदायको । त्यही वस्तीभित्र सम्पत्तिको नाममा सानो टिनले छाएको झुप्रो घर छ कर्णबहादुर जोगीको । उनको दुई छोरामध्ये एक छोरा मिलन जोगीको हात अहिले पनि भाँचिएको अवस्थामै छ ।
२८ घर परिवारको बसोबास रहेको सो स्थानमा गरिबी, चेतना र शिक्षाको पहुँच नहुनुले पनि यो समुदाय अझै पछाडि नै छ । नजिकै स्कुल नहुनु, करिब एक घण्टाको बाटोमा स्कुल हुनु, प्रायः स्कुल पनि नपुग्ने कारणले यहाँका समुदायका मानिसहरू खासै पढेलेखेका छैनन् । त्यही चेतना अभाव, अशिक्षा, गरिबीका कारण यी बालकको अहिलेसम्म उपचार हुन सकिरहेको छैन ।
तीन वर्षको उमेरमा हात भाँचिएको कर्णबहादुरको छोराको हालसम्म पनि हात जस्ताको त्यस्तै रहेको छ । भाँचिएको हात बिग्रिएर अहिले फनफनी घुम्ने अवस्थामा पुगेको छ ।
भाँचिएको हप्तादिनमा परिवारले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल खाँदबारी लगियो पनि तर खर्च अभावले राम्ररी उपचार नै हुन पाएन । ‘खाँदबारी अस्पताल लग्यौं तर यहाँ उपचार सम्भव छैन तल (धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान) लैजानु भनेपनि चेतना अभाव र खर्च अभावले लैजान पाएनौं’, बाबु कर्णबहादुर सोझोपारामै भन्छन् ।
बनिबुतो गरेर चल्ने उनको परिवार अहिलेसम्म पनि बनिबुतो गरेरै चलिरहेको छ । ‘अर्काको घरमा जोत्ने, खन्ने लगायत अन्य जे काम भेटिन्छ, त्यही काम गर्दै परिवार धान्दै आएको छु’, उनले थपे, ‘यस्तो मान्छेले कसरी उपचार गर्न लैजानू ।’
विचल्लीमा परेका यी बालकको अवस्था बुझ्न कोही आइपुगे भन्ने प्रश्नमा स्थानीय टेकबहादुर बस्नेत भन्छन्, ‘उनको अवस्था बुझ्न न कुनै राजनैतिक दलका नेता, कार्यकर्ता कोही आइपुगेनन्, किन आउन यस्तो बेलामा, चुनावको बेलामा पो राति तीन चार बजेतिरै आउँथे र दाल चामल र पैसाको समेत प्रलोभन देखाउँथे ।’ पढेलेखेका स्थानीय पदमबहादुर जोगी भन्छन्, ‘न हाम्रो हैसियत छ, हैसियत हुने राज्यले त सुनेन सुनेन भएका स्थानीय र स्थानीय तहले पनि हेरेनन् ।’
बाबु कर्णबहादुरले छोराको उपचार गरिदिन देशविदेशमा रहेका नेपालीहरूमा आग्रह गरेका छन् । ‘डाक्टरले हुन्छ भन्नुभएको छ तर खर्च अभावले अहिलेसम्म पहुँच पुग्ने अस्पतालसम्म लैजान सकिरहेको छैन, त्यसैले अस्पतालसम्म लैजानेसम्मको वातावरण बनाइदिन हुन अनुरोध गर्दछु ।’
गाउँगाउँमा स्थानीय सरकार सञ्चालन भएपनि उनीहरूको नजर यसतर्फ पुग्न सकिरहेको छैन । ‘वास्तविक गरिबको उपचारमा राज्यले सहयोग गर्नुपर्छ’, स्थानीय शिक्षक राजमणि घिमिरेले भने, ‘उपचार नपाएर गरिब मृत्युको मुखमा पुग्नु हुँदैन, गाउँगाउँका गरिब जो उपचार नपाएर थलिएका छन्, उनीहरूको उपचारमा स्थानीय सरकारको पहलकदमी गर्नुपर्छ, अनि मात्रै राज्य छ है भन्ने अनुभूति जनताले गर्न पाउनेछन् ।’
उनी गरिब तथा विपन्नले राज्यबाट पाउने सेवासुविधाबाट बन्चित रहँदै आएको बताउँछन् । ‘पैसा हुनेले राज्यबाट थप आर्थिक सहायता लिएर सेवा पाइरहेका छन् भने गरिब तथा विपन्न नागरिक उपचार सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित हुँदा अत्यन्तै दुःख लागेर आउँछ, यस्तो हुँदापनि आखिर के गरिबचाहिँ मर्नैपर्ने ?’
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend