Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभरका १२ अस्पतालमा कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’ बाट उपचार, प्रदेश १ का बीपी र कोशीलाई अनुमति

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
देशभरका १२ अस्पतालमा कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’ बाट उपचार, प्रदेश १ का बीपी र कोशीलाई अनुमति

काठमाडौंः सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न अनुमति दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले चार वटा निजीसहित १२ वटा अस्पताललाई सो विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको बताएका छन् ।
अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी, ह्याम्स र नेपालगन्ज मेडिकल कलेज, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन् ।
सरकारबाट अनुमति पाएका अस्पतालहरूले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न तयारी थालेका छन् । नेपालमा पहिलोपटक यो विधिबाट उपचार टिचिङ अस्पतालमा भएको छ । विराटनगरका ६० वर्षीय संक्रमित पुरूषमा प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । र उपचारपछि बिरामीमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ व्यवस्थापन टिमका संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘गत बिहीबार उहाँलाई प्लाज्मा दियौं । पछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार देखियो ।’
सरकारले प्लाज्मा थेरापीबाट उपचार प्रभावकारी देखिएपछि अन्य अस्पतालहरूलाई पनि स्वीकृति दिएको हो । सुरुवाती १२ वटा अस्पताललाई अनुमति प्रदान गरिएकोमा थप जनशक्ति र पूर्वाधार हेरेर अन्य अस्पतालहरूलाई पनि अनुमति दिने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसन्धानकर्ता मेघनाथ धिमालले भने, ‘सुरूमा १२ वटा अस्पतालहरूलाई अनुमति दिएका छौं । उहाँहरूसँग जनशक्ति, पूर्वाधार लगायत सबै मापदण्ड पुग्छ। अब अरू अस्पतालहरू पनि मापदण्ड पुरयाएर आउनुहुन्छ भने अनुमति दिन्छौं ।’

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend