Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशब्यापी लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिऔं, विद्यालय खोल्ने अवस्था छैनः सरकार

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
देशब्यापी लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिऔं, विद्यालय खोल्ने अवस्था छैनः सरकार

धरानः सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले संक्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र संक्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताए । लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताए ।
मन्त्री खतिवडाले भने, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौं । चैत १० गते रातिदेखि लकडाउन भनेर जसरी गएका थियौं, त्यो विधिबाट जानेतर्फ अहिले सरकारले सोचेको छैन । आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन त गरिएकै छ ।
उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने स्पष्ट पारेका छन् । ‘जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तहको रुपमा होस् वा जिल्लाको तहमा होस् कडाइका साथ जाने । कतिपयले त लकडाउन गरेरै जानुभएको छ, यो हामीले देखेकै कुरा हो । त्यसैले हामी छनौटपूर्ण ढंगबाट यो समस्या समाधान गर्दै जाने हो ।’ उनले भने ।
उनले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend