Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आयो सरकारी मापदण्डः दशैं-तिहार मनाउँदा भेट कम, दुई मिटरको दुरी कायम गरौं

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
आयो सरकारी मापदण्डः दशैं-तिहार मनाउँदा भेट कम, दुई मिटरको दुरी कायम गरौं

धरानः सरकारले नजिकिँदै गरेको नेपालीहरुको चाड दशैं-तिहार, जात्रालाई मध्यनजर गर्दै नयाँ मापदण्ड लागू गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मापदण्ड ल्याएको हो । सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँगै भेटघाट कम गर्न भनिएको छ । यस्तै, यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गर्ने जनाइएको छ ।
मन्त्रालयले चाडपर्वको समयमा घर बाहिर नजाने र यदि जानैपर्ने भएमा सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने जनाएको छ । यस्तै, अनिवार्य रुपले साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ । यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, अंग प्रत्यारोपण गरेकाहरु, मेडिकल उपकरण शरीरमा राखेर हालसालै सर्जरी गरेकाहरुलाई चाडपर्व, जात्रा र उसत्वमा सहभागी नहुन भनिएको छ ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend