Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज कुसे औंसी/बाबुको मुख हेर्ने दिन

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
आज कुसे औंसी/बाबुको मुख हेर्ने दिन

धरानः आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन । बाबु हुनेले मिष्ठान्न परिकार तथा अन्य उपहार अर्पण गरेर बाबुको श्रीवृद्धि तथा दीर्घजीवनको कामना गर्ने र आशीर्वाद लिने दिन । अनि नहुनेले चाहिँ नजिकको तीर्थस्थलमा पुगेर बाबुलाई श्रद्धाञ्जली अर्पण गर्ने दिन ।
कोरोना भाइरसको महामारीका कारण यो महामारीका बेला सतर्कता अपाउनुपर्ने देखिएको चिकित्सकले बताउँदै आएका छन् । चिकित्सकहरूले कोरोना भाइरसको महामारी डरलाग्दो तरिकाले बढिरहेका बेला कुशे औंसीमा बाबु–सन्तानबीच प्रत्यक्ष भेटेर शुभकामना र आशीर्वाद नसाट्न सुझाइ सकेका छन् ।
हिन्दू वैदिक परम्पराअनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बाबुको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरु प्रारम्भ गरिँदैन । यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्ष सम्म रहन्छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।
आजकै दिन छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend