Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अध्ययनः कोरोनाका कारण पत्रकारहरु आर्थिक र मानसिक समस्यामा

हाम्रो कोशी आवाज
भाद्र ४ २०७७, बिहिबार
अध्ययनः कोरोनाका कारण पत्रकारहरु आर्थिक र मानसिक समस्यामा

धरानः कारण पत्रकारहरुलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर परेको एक अध्ययनले देखाएको छ ।
नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणमा पत्रकारलाई मानसिक असर पर्दा सञ्चार माध्यमका सामग्री उत्पादनमा ह्रास आएको देखाएको छ ।
कोरोना भाइरसका कारण ८३ प्रतिशतले जोखिमको अनुभूति बढेको, ७५ प्रतिशतले चिन्ता बढेको र ६२ प्रतिशतले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएको बताइएको छ ।
सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार सो अवस्था देखिन आएको हो । नेपाल प्रेस इन्स्टिच्युटले २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सातै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारबीच गरेको सो सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पुगेको उल्लेख गरेको छ । सो सर्वेक्षणमा सहभागी पत्रकार मध्ये २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन्’, इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महाव्याधिले छापा माध्यममा काम गर्ने ५५ प्रतिशत पत्रकारले छापाले पृष्ठ घटाएको बताएका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत र टेलिभिजनमा काम गर्ने ४२.५ प्रतिशत उत्तरदाताले सामग्री उत्पादनमा कमी आएको बताएका छन् । प्रतिवेदन बुधबार मन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: भाद्र ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend