Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब लक्षण नदेखिएका कोरोना संक्रमित घरमै, अनुगमन स्थानीय तहले गर्ने

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
अब लक्षण नदेखिएका कोरोना संक्रमित घरमै, अनुगमन स्थानीय तहले गर्ने

धरानः अब लक्षण देखिएका कोरोना संक्रमतिलाई मात्रै अस्पताल लगिने भएको छ ।
सरकारले नै लक्षण भएका कोरोना संक्रमितलाई मात्र कोभिड अस्पतलामा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले होम आइसोलेनसमा बस्रुने अवस्था नरहेका व्यक्तिलाई आइसोलेसन सेन्टरमा राख्ने र कोरोनाको लक्षणका भएका संक्रमित व्यक्तिलाई मात्र कोभिड अस्पतलामा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
‘लक्षण नभएका वा सामान्य लक्षण मात्र भई आफ्नै घर वा अपार्टमेन्टमा बस्न चाहने व्यक्तिहरूलाई स्वास्थ्य प्रोटोकल पालना हुने सुनिश्चित गरी होम आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य संस्था वा इकाइले अनुमति दिने र सोको जानकारी सम्बन्धित स्थानीय तहलाई दिनेछ’, उनले भने । उनले होम आइसोलेसनको अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड बमोजिम स्वास्थ्यकर्मी परिचालन गरी स्थानीय तहले गर्ने जानकारी दिए ।
होम आइसोलेसनमा बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोलेसन सेण्टरमा राख्ने र लक्षण भएका संक्रमित व्यक्तिलाई मात्र कोभिड अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए । बैठकले सीमा क्षेत्र र अन्तरजिल्ला आवागमनमा कडाइ गर्ने समेत निर्णय गरेको छ । ‘अन्तर्राष्टिय सीमा, सीमावर्ती क्षेत्र, अन्तरजिल्ला र जिल्लाभित्रको संक्रमणको उच्च जोखिम भएको क्षेत्रभत्रको आवतजावतलाई नियन्त्रण गर्ने, अति आवश्यक रुपमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्क लगाउने, सामाजिक दुरी र स्यानिटाइजर लगायतका मापदण्डलदाई पालना गराउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । मापदण्ड पालना नभए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ, ’ अर्थमन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend