Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीकी ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
सुनसरीकी ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

धरानः कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।
मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend