Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा कोरोना संक्रमित २० वर्षीया युवतीले बच्चा जन्माइन्

हाम्रो कोशी आवाज
भाद्र ८ २०७७, सोमबार
धरानको बीपीमा कोरोना संक्रमित २० वर्षीया युवतीले बच्चा जन्माइन्

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चाको जन्म दिएकी छिन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै सकारात्मक समाचार भन्दै जानकारी दिएका छन् । सोमबार साँझ करिब ६ बजे उनले बच्चा जन्माएकोबारे उनले जानकारी दिए ।
विराटनगर–२, मोरङकी २० वर्षीया ती युवतीले छोरी जन्माएको उनले जानकारी दिए । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो घटना भएको उनले जानकारी दिए । गर्भवती महिलाको भदौ ३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको उनले बताए । ‘भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएकी उनको यसअघि नै पोजेटिभ रिपोर्ट आएको थियो, उनले भने, ‘हाल दुवैको अवस्था सामान्य छ ।’
हाल बच्चाको तौल २.८ केजी रहेको उनले जानकारी दिए । गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत् नै बच्चा जन्माएको उनले जानकारी दिए । डेलिभरीका लागि स्वास्थ्यकर्मी डा. सूर्यप्रसाद रिमालको निगरानीमा डा. मुकेश, डा. हिमाल र नर्स सिरिन संलग्न रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend