धरानः सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेको छ ।
सरकारले लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले तत्काल लामो दुरीको सार्वजनिक यातायात तत्काल चलाउन नपाउने जनाएको छ । तत्काल कोभिड–१९को जोखिममुक्त भइ नसकेको बताउँदै भदौ १६ गतेदेखि सञ्चालन गर्ने यस अघिको निर्णय लम्ब्याउँदै असोज १ गतेसम्म पुरयाइएको जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।
यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । चार्टर उडानमा यसअघि ५०० जनामात्र तोकिएकोमा अब ८०० जनासम्म भित्रिन पाउने छन् । साथै, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जवाफदेहितामा उडान संख्या समन्वयमा दैनिक आगमन ८ सय जना भन्दा नबढ्ने गरी चार्टर उडान गर्नेसमेत जनाएको छ ।