Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मनसुन अन्तिम अवस्थातिर, न्युन चापीय रेखा नेपालतिर नजिक रहेकोले वर्षा

हाम्रो कोशी आवाज
भाद्र १६ २०७७, मंगलबार
मनसुन अन्तिम अवस्थातिर, न्युन चापीय रेखा नेपालतिर नजिक रहेकोले वर्षा

धरानः मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक रहेकोले आज (मंगलबार) धेरै ठाउँमा वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले अहिले (बिहान) पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
यस्तै, मनसुन अन्तिम अवस्थातिर पुगेकाले आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् पोखरेलले जानकारी दिइन् । यसैगरी दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । यो भनेको यी हरेक प्रदेशका थोरै थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना हो ।
मौसमविद् पोखरेलका अनुसार मनसुनको न्यून चापीय रेखा सोमबार बेलुकादेखि पूर्वतर्फबाट नेपालको नजिक भएको हो । अहिले यो मध्य भूभागसम्म फैलिसेककेको छ भने बिस्तारै पश्चिमतिर पनि फैलिने क्रममा छ । यसैको प्रभावले अब कम्तीमा ३ दिन देशमा अलि धेरै स्थानमा वर्षा हुने सम्भावना बढेको हो ।

प्रकाशित मिति: भाद्र १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend