धरानः काँकडभिट्टा-इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
रेलमार्गको काक्कडभिट्टा–इनरुवा खण्डको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कांग्रेसको भातृ संगठनका नेताहरुले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार भने यस विषयमा मौन छ । कांग्रेस कार्यकर्ताहरुले बोकेको प्लेकार्डमा ‘सरकार किन मौन ?’ लेखिएको थियो । उनीहरुले अख्तियार र राजनीतिक दलका नेताहरुलाई पनि मौन किन बसेको भन्दै प्रश्न गरेका छन् ।
माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णलगायत न्यून संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी थिए । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।
जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको छ । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार भने यस विषयमा मौन छ ।
कांग्रेसकै सभापति शेरबहादुर देउवासमेत रेलमार्गको विषयमा मौन बस्दै आएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले भने रेलमार्गको ठेक्का प्रक्रिया रोकेर हुन लागेको नीतिगत भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण सीमित संख्यामा भेला भएर र भौतिक दुरी कायम गरेर आफूहरुले विरोध प्रदर्शन गरेको कांग्रेस कार्यकर्ताहरुले बताएका छन् ।