Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काँकडभिट्टा–इनरुवा रेलमार्गः सर्वत्र आलोचनापछि स्थगित

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
काँकडभिट्टा–इनरुवा रेलमार्गः सर्वत्र आलोचनापछि स्थगित

धरानः सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरेको छ ।
रेल विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित गरिएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटर रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेपछि चर्को आलोचना हुँदै आएको थियो ।
३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया सुरु गरेपछि चर्को आलोचना हुँदै आएको थियो । ठेक्का प्रक्रिया थालनी गर्नु पूर्व नै कुल जग्गा अधिग्रहण गर्नुपर्नेमा त्यसो गरिएको थिएन । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको थियो । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित थिए । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भएको हो ।
केहीदिनअघि रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन समेत गरेको थियो ।

 

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend