Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सार्वजनिक बस चलाउन दिन माग

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
सार्वजनिक बस चलाउन दिन माग

धरानः सार्वजनिक बस सन्चालन गर्न दिन व्यवसायीले माग गरेका छन् ।
उनीहरूले सरकारसँग सो माग राख्दै मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना समेत दिएका छन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक बस सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् । कोरोना कारण लामो समयदेखि सार्वजनिक बस बन्द रहेको भन्दै सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको छ ।

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend