धरानः अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पनि संसदमा प्रवेश पाउने भएका छन् ।
सरकारको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गरेपछि उनलाई संसदको ढोका खुल्ला भएको हो । गौतमले आजै राष्ट्रियसभा सदस्यको सपथ लिइसकेका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् । प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया क्षेत्र नम्बर १ मा पराजित भएपछि गौतमका लागि संघीय संसद छिर्ने ढोका बन्द भएको थियो । तर, त्यसयता गौतमले संसद सदस्य बन्न कम्ता मेहनत गर्नुपरेको छैन । यसअिघ संसद जाने उनका २२औं प्रयास असफल भएका थिए । राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् ।