Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः भिटामिन डी कमी भएका व्यक्तिमा कोरोना सङ्क्रमणको खतरा

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
नयाँ अध्ययनः भिटामिन डी कमी भएका व्यक्तिमा कोरोना सङ्क्रमणको खतरा

धरानः इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ ।
लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धानकर्ताहरूले भने, ‘कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात हजार ८०७ व्यक्तिहरूमध्ये जसकोे र परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै सङ्क्रमित थिए ।’

सो समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०।१ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको बताएको छ । सङ्क्रमण नदेखिएका व्यक्तिकोभन्दा सङ्क्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्वभाविक धेरै भेटिएको थियो ।
अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै सङ्क्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम सङ्क्रमित पाइएका थिए ।
यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड–१९ सङ्क्रमितलाई सङ्क्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष रहेको छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका विरामी भएकै कारण उनीहरूमा कोभिड–१९ सङ्क्रमण दर बढी नपाइएको बताएको छ । –रासस÷सिन्ह्वा

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend