Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालको आफ्नै रेल आइपुग्यो, १३ सयले यात्रा गर्न सक्ने

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
नेपालको आफ्नै रेल आइपुग्यो, १३ सयले यात्रा गर्न सक्ने

धरानः नेपालले भारतसँग किनेका दुईवटा रेल शुक्रबार दिउँसो नेपाल आइपुगेका छन् । भारतको जयनगरबाट छुटेका रेल जनकपुर आइपुगेका हुन् ।
नेपाल आफैंले खरिद गरेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । नेपाल रेल्वे कम्पनीका अनुसार नेपाल आइपुगेका दुवै रेल ५–५ डिब्बाका हुन् । एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्छन् ।
नेपालले जयनगर–जनकपुरको ३४ किलोमिटर खण्डमा सञ्चलन गर्ने गरी दुई रेल नेपाल भित्रिएका हुन् । नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल भित्रिएको भएपनि कोरोना भाइरसका कारण नियमित सेवा भने तत्काल नहुने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । रेल दशैं अगाडि नै नियमित रूपमा सञ्चालनका लागि भारतसँग छलफल गरी आवश्यक मोडालिटी तय गर्ने काम रेल विभागले गरिरहेको छ ।

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend