Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारका काम उत्साहजनकः प्रधानमन्त्री

हाम्रो कोशी आवाज
असोज ३ २०७७, शनिबार
सरकारका काम उत्साहजनकः प्रधानमन्त्री

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको काम उत्साहजनक भएको दावी गरेका छन् ।
संविधान दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका हुन् ।
‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्’, उनले भने, ‘कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ ।’
उनले कोरोनाको महामारी पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको बताए । उनले महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको दावी समेत गरे ।
सुशासन र पारदर्शीता विकासको अत्यावश्यक सर्त रहेको बताउँदै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । तर, आफू भ्रष्टाचारमा कठोर हुने उनले बताए ।
‘मैले पटक पटक भन्दै आएको छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ,’ उनले भने । भ्रष्टाचारविरुद्ध सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

प्रकाशित मिति: असोज ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend