Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेकपा विवादः दोस्रो तहमा नेता मिलाउने प्रयासमा

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७७, सोमबार
नेकपा विवादः दोस्रो तहमा नेता मिलाउने प्रयासमा

धरानः सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् ।
पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा जुटेका हुन् । पार्टीका अरु नेता र कार्यकर्ताले पनि पार्टी विभाजनतर्फ जान नदिन शीर्ष नेताहरुलाई खबरदारी गरेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेटघाट गरेको विषयलाई लिएर नेकपाभित्र फेरि विवाद चर्किएको हो ।
हिजोको भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा सहभागी थिए ।
ओलीले यस्तो प्रस्ताव गरेपछि आइतबार दाहालले आफू निकटका नेताहरूसँग यसबारे ब्रिफ्रिङ गरेका थिए । त्यसयता नेकपाभित्रको विवाद लगातार उत्कर्षतर्फ लागेको छ । पार्टीका जिम्मेवार नेताहरूले नै फेसबुकबाट एकता जोगाउन आग्रह गरिरहेका छन्रु भने कार्यकर्ताहरूबीच रस्साकस्सी चलिरहेको छ ।
पार्टीभित्रको विवादले शीर्ष नेताहरूबीच विमति देखिएको भएपनि पार्टी एकतालाई जोगाइ राख्नुपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् । नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी फुटबाट जोगाउन सबैको भूमिका उत्तिकै रहेको बताउँछिन् ।
नफुटाऔंः नारायणकाजी
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजन हुनबाट जोगाउन सबै लाग्नुपर्ने बताएका छन् ।
सोमबार बिहान आफ्नै निवासमा कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न सबैका बीच संवाद हुनुपर्ने बताए । उनले भने, ‘हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ ।’

प्रकाशित मिति: कार्तिक १७ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend