Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली भोलि संखुवासभा आउने

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७७, सोमबार
प्रधानमन्त्री ओली भोलि संखुवासभा आउने

धरानः प्रधानमन्त्री केपी शर्मा ओली भोलि बुधबार प्रदेश १ को संखुवासभा आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत् चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम तय भएको सांसद राजेन्द्र गौतमले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमनपश्चात् राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्ग, किमाथांका नाकाको अनुगमन गर्न च्याम्ताङ पुग्ने कार्यक्रम छ ।
सांसद गौतमले भने, ‘प्रधानमन्त्री ओली सहितको टोलीले किमाथांका नाका, उत्तर–दक्षिण कोशी राजमार्ग र ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न कार्यक्रम छ ।’

प्रकाशित मिति: कार्तिक २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend