Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लाइसेन्स परीक्षा बन्यो अनिश्चित

हाम्रो कोशी आवाज
मंसिर ४ २०७७, बिहिबार
लाइसेन्स परीक्षा बन्यो अनिश्चित

धरानः सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले तिहारलगत्तै लिने भनिएको लिखित र ट्रायल दुवै परीक्षा अनिश्चित भएको हो ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विभागले गत चैत ७ गते लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।
तिहार सकिएपनि लाइसेन्सको लिखित तथा ट्रायलको परीक्षा कहिले लिने भन्ने निश्चित नभएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् । लाइसेन्सको लिखित तथा ट्रायल सम्बन्धि सम्पूर्ण निर्णय प्रदेश सरकारले गर्ने भएकाले आधिकारिक रुपमा सञ्चालनमा ल्याउने कुनै छलफल नभएको उनले जानकारी दिए ।
भुसालका अनुसार लामो समयसम्म सेवाग्राहीले सेवा नपाएकाले मापदण्ड अपनाएर पनि सञ्चालनमा ल्याउनुपर्ने बताए । हाल देशभर २४ वटा यातायात कार्यालय छन् । सबै काम यी २४ वटा कार्यालयबाटै हुने भएकाले प्रदेश सरकारले निर्णय गर्नुपर्छ ।
कोरोना महामारीका कारण हालसम्म पनि विद्यालय, सिनेमा हल, बार, क्लबलगायतका कैयन क्षेत्र खुल्न सकेका छैनन् । यातायातको लिखित तथा ट्रायलमा पनि मानिसको भीड निकै हुने भएकाले बढी जोखिम हुन सक्ने भन्दै हालसम्म उक्त परीक्षाको निर्णय नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंसिर ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend