Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कार्तिकमा ३७ हजार नेपाल भित्रिए

हाम्रो कोशी आवाज
मंसिर ४ २०७७, बिहिबार
कार्तिकमा ३७ हजार नेपाल भित्रिए

धरानः कोरोना महामारीका बीच कात्तिक महिनामा मात्रै ३७ हजार जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्रै २ हजार ९ जना विदेशी नागरिक र ३४ हजार ९९४ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् ।
त्यसैगरी नेपालबाट १ हजार ८७२ जना विदेशी नागरिक र २२ हजार २१२ जना नेपाली नागरिकले नेपाल छाडेका छन् । विभागका अनुसार कात्तिक महिनामा ८६ वटा देशबाट नेपाल आएका छन् भने ७८ वटा देशमा नेपालबाट नागरिक बाहिरिएका छन् ।
यसबीचमा नेपालमा सबैभन्दा धेरै चीनबाट १६५ जना र भारतबाट १२५ जना आएका छन् भने नेपालबाट बाहिरिनेमा सबैभन्दा धेरै चीनमा ५०५ जना र ११९ जना भारत गएका छन् ।
यसैबीच सरकारले मंसिर ३० गतेसम्म नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
तर नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशी नागरिक तथा नीजका परिवारका सदस्यहरु र नेपाली मूलका गैर आवासीय नेपाली नागरिक तथा नीजका परिवारmलाई यात्रा शुरु हुनुभन्दा ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ आएको रिपोर्ट आवश्यक पर्नेछ ।
त्यसका साथै पीसीआर नेगेटिभ रिपोर्ट आएका अभिभावकाको हकमा ५ वर्षभन्दा मुनीका बालबालिकाको पीसीआर रिपोर्ट आवश्यक नपर्ने समेत विभागले स्पष्ट पारेको छ । विभागले आरटी पीसीआर, जीन एक्पर्ट, ट्रयु नाट वा सो सरहका परीक्षणका प्रमाणपत्रलाई मात्रै मान्यता दिने समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति: मंसिर ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend