धरानः नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले संसद विघटन निर्वाचन गराउने उद्देश्यले नभएको बताएका छन् ।
बुटवलमा पत्रकारहरुसँग बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले वैशाखमा निर्वाचन गराउने उद्देश्यले संसद विघटन नै नगरेको आरोप लगाएका हुन् । ‘बरु संकटकाल लाग्छ, चुनाव हुँदैन’, उनले आरोप लगाए, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधिसभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’
उनले प्रधानमन्त्री ओलीले संकटकालसम्म लगाउनसक्ने आशंका व्यक्त गर्दै आरोप लगाए, ‘प्रम ओलीले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याएको हुन् ।’