धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिएका छन् ।
शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उहाँले दुई अंकको सिट जितेर देखाउन चुनौती दिनुभएको हो । ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उनले भने ।
उनले लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुपरेको बताएका छन् । ‘लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुप¥यो । आजको पत्रिकामा पनि जाली समाचार छपाइएको छ । मान्छेहरुले प्रायोजित समाचार छापेका छन्,’ उनले भने, ‘पुनःस्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउँछु भनेर छापिएको छ । २–४ मान्छेलाई झुक्याउन भनेका होलान् ? चुनावको तयारी भइसक्यो । मान्छे ताजा जनादेश लिएर अघि बढेका छन् । प्रत्यक्षमा हाम्रो १६५ सिट आउँछ । अहिले धेरै नभनौँ । ठीकै मात्रै भन्दैछु । उहाँहरुले कमसे कम दुईवटा अंक भएको सिट ल्याएर देखाउनुस् । उहाँहरु त्यहाँ पुग्नुहुन्न । फर्किनुहुन्छ । यदि फर्किने हो भने ठाउँ राखेका छौँ । अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन । अब थान्कोमा बस्नुपर्छ । पार्टीको कार्यकर्ताजस्तै बस्नुपर्छ । गुटबन्दी गर्न पाइँदैन । गुटबन्दीलाई बिदा ग¥यौँ । व्यक्ति फर्किए पनि गुटबन्दी फर्किन दिइने छैन ।’
उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘कुर्सी’ चाहिएको बताएका छन् । यससँगै उनले दुवै नेताप्रति व्यङ्ग्य गर्दै भने, ‘कुर्सी चाहिने भए, यता (आफूपक्षीय नेकपामा) आउनुपथ्र्यो ।’
उनले व्यङ्ग्यात्मक रूपमा प्रश्न पनि तेस्र्याए, ‘सुन्तला खाने मन भए सुन्तलाघारीतिर जानुपर्छ, सल्लाघारीतर्फ जाँदा कहीँ सुन्तला खान पाइन्छ?’ उनले प्रचण्ड–नेपाल पक्षले ‘सूर्य चिह्न दिनुहोला’ भन्दै निर्वाचन आयोगमा निवेदन दिन गएको आफूलाई थाहा भएको बताए ।