Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल समूहको भोलि देशव्यापी आमहड्ताल

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
प्रचण्ड-नेपाल समूहको भोलि देशव्यापी आमहड्ताल

धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो ।
‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथविरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ’, प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले भने, ‘अहिले पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ ।’ सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend