Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अक्सर मानिस झुट बोल्छन्, झुट बोलेको यसरी थाहा पाइन्छ !

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७७, बुधबार
अक्सर मानिस झुट बोल्छन्, झुट बोलेको यसरी थाहा पाइन्छ !

भनिन्छ, सत्य भन्दा झुट मिठो हुन्छ केही समयको लागि । मानिसलाइ झुट बोल्न सजिलो हुन्छ रे । सत्य अलि तितो नै हुन्छ । सत्य कुरा प्रकट गर्न मानिसलाइ अलिक गाह्रो पर्छ ।
किन त ? किन पर्छ त्यस्तो गाह्रो सत्य बोल्न ? किन बोल्छ मानिसहरुले झुटो ?
जो मानिसहरु वर्तमान या क्षणिक समयमा रमाउन चाहन्छ, उसलाई भविश्यको कुनै चिन्ता छैन त्यस्ता मानिसहरु अक्सर झुटो बोल्छन् । कोही मानिसहरु विशेष परिस्थितिबाट उम्कनपनि झुटो बोल्छन् । कोही मानिसहरु कसैलाइ क्षणिक प्रभाव पार्नका लागि झुटो बोल्छन् । यसरी झुटको खेती गरेर मानिसलाइ डुबाउने हरुको त कुरै नगरौं । यहाँ झुटकै भरमा दुनियाँ डुबाउनेहरु कति छन् कति ।
अब झुट बोलेको कसरी थाहा पाउने ? यहाँ केही साधारण उपायहरु प्रस्तुत छ ।
–झुट बोल्नेहरुको आँखाको विचार गर्नुहोस् । उनीहरु झुट बोल्दै गर्दा आँखालाई बडो चनाखो बनाउँछन् । तपाईतिर भन्दापनि यता उता आँखा डुलाउँदै कुरा गर्छन् । किनकी उस्को ध्यान तपाईतिर भन्दापनि बाहिर दुनियाँतिर हुन्छ कतै मेरो कुरा कसैले सुनिरहेको छ कि भन्नेतिर ।
–तपाईसँग कुरा गर्दैगर्दा हातमा मोबाइल या अरु कुनै कुरा खेलाइरहेको छ भने सम्झनुस् ऊ तपाईसँग झुट बोलिरहेको छ ।
–कुरा गर्दै गर्दा शरीरको हाउभाउको विचार गर्नुहोस् । कहिले कपाल मिलाउने, कहिले कपडा मिलाउने अनि च्यापु र ओठको बीचमा दायाँ हातले कन्याइ रहने मानिसहरु झुठो बोलिरहेका हुन्छन् ।
–कहिले सानो स्वरमा अनि कहिले ठूलो स्वरमा कुरा गरे भने त्यो झुठ हुन सक्छ ।
–तपाईसँग कुरा गरिरहँदा दुरी घटबढ गर्ने मानिस झुठो बोलिरहेको हुन सक्छ ।
–कुरा गर्दै गर्दा टेबलमा हात झारेर औंलाहरु चलाउने गरेमा ।
–रोक्किँदै अड्किँदै र कहिले आफैं हाँस्दै कुरा गरेमा ।
–कसैलाइ नभन्ने शर्त गराएमा ।
नङले दाँत कोट्याउँदै कुरा गरेमा ।
–असान्दर्भिक जवाफ दिएमा ।
कहिलेकाहीँ कसैको झुटमा परेर जिन्दगी बरबादपनि हुनसक्छ । त्यसैले झुट हो कि साँचो हो भनेर सामान्य लक्षणहरुको सुक्ष्म अध्ययन गर्नुपर्छ । कसैसँग कुरा गर्दा अलि चनाखो हुनुहोस् । आफ्नो कुरा कम भन्नुहोस् अनि सुन्ने मात्र गर्नुस् । सकभर झुटको पहिचान गर्नुस् ।

प्रकाशित मिति: फाल्गुन ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend