Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई वर्षपछि ‘विप्लव’ सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
दुई वर्षपछि ‘विप्लव’ सार्वजनिक

धरानः सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।
सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर सो सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।
यसैबीच सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो ।
सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यामबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने लगायतका विषयमा हस्ताक्षर भएको छ ।
सहमतिको विस्तृत विवरण यही फागुन २१ गते विशेष समारोहका बीच हुने जनाइएको छ ।
समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले विप्लव नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend