Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विदेश जाने श्रमिकभन्दा स्वदेश फर्किने धेरै

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
विदेश जाने श्रमिकभन्दा स्वदेश फर्किने धेरै

धरानः ‘नेपालबाट दैनिक १५ सय जना नेपाली रोजगारीको लागि विदेश जान्छन् ।’ कोभिड सुरु हुुनुुभन्दा अघिसम्म आम नेपालीले भन्ने गरेको विषय हो यो । कोभिड सुरु भएपछि नेपालमा मात्रै नभएर विश्वभर लकडाउनको अवस्था भयो । यसले गर्दा आवतजावत ठप्प भयो । त्योबेलामा उद्दारको नाममा कयौं नेपालीहरु विदेशबाट फकिए भने नेपालमा रहेका हजारौं विदेशी नागरिकहरु पनि स्वदेश फर्किए ।
अहिले विश्वभर नै अवस्था सहज बनेको छ । महामारी अन्त्य नभए पनि त्यसविरुद्धको भ्याक्सिन आइसकेको छ । विश्वभर उद्योग, व्यवसाय पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् । तर अहिलेसम पनि श्रम गर्न जाने भन्दा फर्किनेको संख्या नै बढी देखिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार फागुन महिनामा मात्रै वैदेशिक रोजगारीमा रहेका ५८ हजार ९ सय ६८ जना श्रमिकहरु नेपाल फर्किएका छन् । यो संख्या दैनिक करिब २ हजार हाराहारी हो । तर, यही महिनामा बाहिरिनेको संख्या भने दैनिक १ हजारको हाराहारीमा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
त्यसो त अवस्था सहज भएपछि विदेश जानेको संख्या उच्च गतिमा बढ्न थालेको छ । माघ महिनामा दैनिक ६ सय रहेको संख्या फागुुन महिनामा बढेर १ हजार हाराहारीमा पुुग्नुुले वैदेशिक रोजगारी उच्च रुपले बढेको देखिएको भन्दै यो संख्या पूूर्ववत अवस्थामा फर्किन समय नलाग्ने विभागको अनुमान छ ।
माघ महिनाभरमा जम्मा १७ हजार ८ सय ८७ श्रमिक मात्रै वैदेशिक रोजगारीका श्रम स्वीकृति लिएका थिए । पुुस महिनामा यो संख्या ७ हजार २ सय ९ जना मात्रै थियो । त्यस्तै, मंसिर महिनामा ४ हजार ३ सय ७७ जना, कात्तिक महिनामा १ हजार ५ सय ८३ जना, असोज महिनामा १ हजार ५ सय ४२ जना र भदौ महिनामा १ सय ९८ जनाले श्रम स्वीकृति पाएका थिए ।
लकडाउनपछि वैदेशिक रोजगार विभागले भदौ १५ गतेदेखि श्रम स्वीकृति दिन थालेको हो ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend